काङ्ग्रेस वाट सहभागी केही मंत्रिहरु को व्यावहार ,कार्यशैलि प्रती काग्रेसीहरु नै दिक्क, सुध्रिन चेतावनी

नेकपा एमालेका यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारका नेपाली कांग्रेस सहभागी छ । सबैभन्दा ठुलो दल रहेको कांग्रेसका चार जना मन्त्री छन् ।

कांग्रेसबाट अर्थमन्त्रीमा राजीबविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जामन्त्रीमा विजया बुढा र घनश्याम भण्डारी सामाजिक विकासमन्त्री छन् ।

कमजोर कार्यसम्पादन रहेका यी मन्त्रीहरुको कार्यशैलीप्रति स्वयम् नेपाली कांग्रेसकै नेता, कार्यकर्ताहरु सन्तुष्ट छैनन् । नेता, कार्यकर्ताका असन्तुष्टीका कुराहरु सामाजिक सञ्जालमै देख्न सकिन्छ ।

नेपाली कांग्रेस दैलेख जिल्लाका सचिव समेत रहेका खेमराज ओलीले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरुले कार्यशैली र व्यवहार सुधार्न चेतावनी नै दिएका छन् ।

बिहीबार फेसबुकमा एक स्टाटस् लेख्दै उनले भनेका छन्, ‘कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी केही मन्त्रीहरुको व्यवहार, कार्यशैलीप्रति व्यापक जनगुनासो आइरहेको छ । वेलैमा नसच्याए भविक्ष्यमा जनता र पार्टीलाई गम्भीर चोट पुग्ने देखिन्छ ।’

साथै ओलीले तत्काल कार्यशैली सुधार गर्न संसदीय दलका नेता जीवनबहादुर शाहीलाई निर्देशन दिन भनेका छन् ।

‘तत्काल कर्णाली प्रदेश कार्य समिति र माननीयकोको रोहवरमा दलको नेता ज्यूले मन्त्रीहरुलाई कार्यशैली सुधारका लागि कडा निर्देशन दिन जरुरी छ, अन्यथा यस्तै कार्यशैलीले पार्टीलाई गम्भीर दुर्घटना तिर लिन सक्छ,’ उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.

Copyright All right reserved Greenland Multipurpose Pvt. Ltd       

       Design By:- Nakendra oli