
कोरियामा बसोबास , कार्यरत सुर्खेतीबासि हरुको साझा संस्था सुर्खेत समाजको १० औं अधिवेशन यही आउँदो अगष्ट ३ तारिक आइतबार हुने भएको छ । अधिवेशन फेन्तेक स्थित 경기 평택시 평택동 60-14 3층 ( सुर्खेत समाज, दक्षिण कोरियाको सभाहल ) मा बिहान १० बजे देखि सुरु हुनेछ ।

“सबैलाई माया र सम्मान, प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान” भन्ने नाराको साथ सन् २०१३ मा स्थापित समाजले सुर्खेतका विभिन्न अग्निपिडित, बाढीपिडित, विभिन्न जटिल रोगले ग्रस्त बिरामीहरुलाई सहयोग गर्दै कोरियास्थित विभिन्न संघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै आइरहेको र यसपटक आवास गृह (सेल्टर) अवधारणा सहित सामाजिक सेवामा संस्था अझ कटिबद्ध रहेको समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताउनु भयो ।

सुर्खेत समाज दक्षिण कोरियाको १० औं अधिवेशनलाई सभ्य र भव्य रुपमा सफल बनाउन विभिन्न पेशा, व्यवसायमा आबद्ध सम्पूर्ण सुर्खेतेली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि समाजले हार्दिक निमन्त्रणा गरेको छ ।
