दक्षिण कोरियामा फेरि एक दुखद घटना घटेको छ। Far-east University, Wonju मा अध्ययन गरिरहेकी २२ वर्षीया एक नेपाली छात्रा आज बिहानै सडक दुर्घटनामा परी ज्यान गुमाएकी छन्।

उनी विद्यार्थी भिसा (D-2) मा कोरिया आएकी थिइन्। दुर्घटना 충북 음성 (चुङबुक उम्सङ) क्षेत्रतिर भएको प्रारम्भिक जानकारी आएको छ।
दुर्घटनापछि मृतकलाई अस्पताल लगिएको थियो र अहिले उनको शव 강원특별자치도 원주시 일산로 20, 원주세브란스기독병원
(Wonju Severance Christian Hospital) मा राखिएको छ।

कोरियामा रहेका नेपाली संघ–संस्थाका प्रतिनिधिहरू तथा नजिकै रहने नेपालीहरूलाई आवश्यक समन्वय र सहयोगका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया
Post Views: 516



