
प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल जाँदैछन् ।

हमासले बन्धक बनाएका विपिनको खोजीका लागि आमा पदमा र बहिनी पुष्पा केही बेरमा फलाई दुबईबाट इजरायलका लागि उड्दैछन् ।

उनीहरु अहिले त्रिभुवन विमानस्थलमा छन् ।

लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।
तपाईको प्रतिक्रिया
Post Views: 123