

राष्ट्रीयता, लोकतान्त्रिक मुल्य मान्यताको रक्षा, समावेशि, सङ्घियता, लोकतान्त्रिक गणतन्त्र , प्रेस स्वतन्त्रता , नागरिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्र का मुलभुत आधार स्तम्भ लाइ जुनसुकै बहाना बाट हुने आक्रमण र षड्यन्त्र लाइ चिर्दै लोकतन्त्र प्रति आस्था राख्ने सम्पुर्ण जेन्जी युवाहरुलाइ एकिकृत गर्न डेमोक्रेटिक जेन्जि फोरम गठन गरिएको छ।


हिजोका दिनमा भएका थुप्रै कमिकमजोरिलाइ समिक्षा गर्दै आगामी दिनमा गल्ति नदोहोर्याउने प्रतिबद्दता सहित लोकतन्त्रलाई थप बिकसित र परिस्कृत गर्दै अगाडी बढ्नु पर्छ। देशको प्राथमिकतामा उधमशिलतालाई प्रोत्साहन संगै उत्पादनका माध्यामबाट मुलुकका युवालाई रोजगारीको सुनिश्चितता गर्नुपर्छ।

मुलुकमा हुने अराजकता आगजनि , हिङ्सा र घृणाको राजनिति होइन सामाजिक सद्भाव, सहकार्य, शान्ति, एकता, सहिष्णुता र आपसि मेलमिलाप आजको आवश्यक्ता हो।

भ्रष्टचारी जोसुकै भयपनि नेपालको कानुन अनुसार छानबीन गरी कडा कार्वाही गर्नु पर्छ। वर्तमान सुशिला कार्कि सरकारलाई निर्बाचनको बाताबरण सिर्जना गर्न भागेका कैदि र लुटियका हातहतियार नियन्त्रणमा लिएर निर्बाचनको पक्षमा माहोल बनाउन जोडदार माग गर्दछौं। २०८२/०७/२६ गतेको निर्णय अनुसार बिधमान परिस्थिलाई मद्यनजर गर्दै आम लोकतन्त्रमा विश्वाश गर्ने नेपाली जेन जि युवाहरुको आवाजलाई समयसापेक्ष संगठित गर्दै देशैभरी छरिएर रहेका युवालाई एकतावद्द गर्ने, नागरिकका मागलाई उठान गर्ने, मुलुकको राष्ट्रीयता, नागरिक सर्वोच्चता , संविधानको रक्षा, प्रेस स्वतन्त्रता, सुशासन र लोकतन्त्रप्रति उत्तरदायीहुने उदेश्यसहित डेमोक्रेटिक जेनजी फोरम राष्ट्रीय समितिको निर्णय बमोजिम तपशिलका व्यक्तिहरुलाई
सात प्रदेशका संयोजक सर्वसम्मत चयन गरिएको छ।


कोशी प्रदेश : पोषण आचार्य – मोरङ
मधेश प्रदेश : सागर यादव – धनुषा
बागमति प्रदेश : रिजा थापा – ललितपुर
गण्डकी प्रदेश: सागर पौडेल – कास्की
लुम्बिनि प्रदेश : किरण पाठक – रुपन्देही
कर्णाली प्रदेश : सुजिता रोकाया – सुर्खेत
सुदुरपश्चिम प्रदेश : दिपक पाठक – महेन्द्रनगर



