केन्द्रीय सदस्य डंगोल तरुण युवा लाई संगठनमा आकर्षित गर्दै

नुवाकोटको पञ्चकन्या गाउँपालिका १ आँपचौर स्थायी ठेगना भएका सुरेश डंगोल राजनीतिमा सक्रिय रहँदै आएका छन । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको केन्द्रिय सदस्य समेत रहुनभएका डंगोलले समयमै जिल्ला अधिबेसन सम्पन्न गराउन नेतासँग समन्वय सहकार्य गर्दै अगाडी बढ्नुभएको छ । उहाँले आफ्नो गृहजिल्ला नुवाकोटमा तरुण दलको अधिवेसनलाई तोकिएको समयमा सम्पन्न गराउन समन्वय सहकार्यको साथमा नेताहरुलाई खवरदारी समेत गर्दै आउनुभएको छ । केन्द्रले तोकेको समयमा जिल्ला अधिवेसन विवादरहित हिसावले सम्पन्न गराउनका लागी हर प्रयास समन्वय गर्दै आएको बताउनुभएको छ ।


उहाँले तरुणहरुलाई सक्रिय बनाउने, बैचारीक हिसाबले अब्बल बनाउने, तरुणका गतिविधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा अगाडी बढाउने र युवाहरुलाई तरुण दलमा आकर्षित गर्ने खालका कार्ययोजना बनाएर अगाडी बढिरहनुभएको छ । पार्टीका गतिविधिलाई चुस्त दुस्त बनाउदै जनताको माझ नेपाली काँग्रेसलाई अझ लोकप्रिय बनाउनका लागि उहाँले युवाहरुलाई गोलबन्द गराउँदै नेतृत्व गर्दै आउनुभएको छ । नेपाल तरुण दलको केन्द्रिय सदस्य रहनुभएका डंगोलले आगामी महाधिबेसन मार्फत केन्द्रिय समितिको पदाधिकारीमा आउने चाहनाका साथ सक्रिय भएर लागीपर्नु भएको छ ।

नेपालमा समाज परिवर्तन गर्न युवा नेतृत्वको भूमिका सशक्त र परिवर्तनकारी सावित हुँदै आएको डंगोलको वुझाई छ । आजको युवा पुस्ता केवल आफ्नो भविष्य सुधार्ने कार्यमा सीमित छैन, आफ्नो सक्रिय सहभागिता र नेतृत्वमा देशको सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको दिशामा सकारात्मक प्रभाव पारिरहेको उहाँले बताउनुभयो । युवाहरूले जोश र समर्पणका साथ समाजका विभिन्न क्षेत्रमा परिवर्तन ल्याउन प्रयास जारी राख्नुपर्ने उहाँले बताउनुभयो । काठमाडौको मनमैजु चोकमा सञ्चालनमा रहेको ‘द रोयल लन्जका’ सञ्चालक समेत रहनुभएका सफल युवा व्यवसायी डंगोल राजनीतिसँगसँगै सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर हुनुहुन्छ ।


‘द राइजिङ युवा क्लव’ मनमैजुका अध्यक्ष समेत रहनुभएका डंगोलले क्लवको माध्यमबाट थुप्रै सामाजिक कार्यहरु गर्दै आउनुभएको छ । उहाँको नेतृत्वमा रहेको क्लवले खेलकुँदका क्रियाकलाप सँगै अन्य सामाजिक कार्यहरु समेत गर्दै आएको छ । २०७२ साल बैसाख १२ गते गएको को भुकम्पमा राहत वितरण, उद्धार लगायतको कार्य, कोरोना कहरका समयमा सचेतना जगाउनुका साथै राहत वितरण लगायतका कार्यक्रममा सक्रियताका साथ लागेका डंगोल अन्य सामाजिक कार्यमा पनि सहभागी हुदै आइरहनु भयको छ।

तपाईको प्रतिक्रिया
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.